गगन थापाको चुनौती: पक्राउ गर्न आउँदा हतकडी पनि लिएर आउनुहोस्

Gagan Kumar Thapa
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउने सरकारी टोलीलाई खाली हात नआउन चुनौती दिएका छन्। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले आफ्नो भनाइ राखेका हुन्। थापाले आफूविरुद्ध हुने कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताए। तर, व्यक्तिगत जीवनसमेत जोडेर प्रश्न उठाउने र सामाजिक सञ्जालबाट डर सिर्जना गर्ने प्रयासले आफूलाई चुप नलगाउने उनको भनाइ थियो। “पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला,” भन्दै उनले प्रश्न उठाउन नछाड्ने र डराएर पछि नहट्ने बताए। कांग्रेसले कसैको अनुसन्धानमा अवरोध नगर्ने उल्लेख गर्दै थापाले आफ्नो वा अरू कसैको हकमा कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिए। राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न सरकारलाई सचेत गराउँदै उनले सरकारी निकाय सत्य र न्यायको पक्षमा उभिनुपर्ने धारणा राखे। सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको बताउँदै थापाले राजाको शासनकालदेखि नै राज्यका कदममाथि प्रश्न उठाउँदै आएको स्मरण गरे। विगतमा धम्की र मुद्दा खेपेको प्रसंगमा उनले राजद्रोहको मुद्दा र माओवादी द्वन्द्वकालका कठिनाइसमेत उल्लेख गरे। बैठकमा थापाले पार्टीको १५औँ महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँचपटक भेट भएको जानकारी पनि दिए। प्रदेश सरकारका समीकरणबारे ती भेट भएको र मधेस प्रदेशको विषयमा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा जसपा अध्यक्ष उपेन्द्र यादवसँग फेरि छलफल गर्नुपर्ने उनको भनाइ थियो।
Sursa ↗

Ce știm până acum

नेपाली कांग्रेसका सभापति तथा राजनीतिज्ञ गगनकुमार थापालाई प्रेसले उनका राजनीतिक अभिव्यक्ति र सार्वजनिक सन्देशका कारण पछ्याउँछ। उनले फाल्गुनन्दका विचारलाई समाजलाई सही दिशा दिने प्रेरणा बताएका छन्।