गगन थापाले फाल्गुनन्दका विचारलाई सद्भावपूर्ण समाजको प्रेरणा बताए

Gagan Kumar Thapa
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनलाई स्मरण गर्दै उनका विचारले समाजलाई सही दिशा दिन सक्ने बताएका छन्। सामाजिक सञ्जालमा सन्देश जारी गर्दै थापाले समाज सुधार र किराँत धर्म तथा संस्कृतिको मौलिक पहिचान जोगाउन फाल्गुनन्दले पुर्‍याएको योगदान उल्लेख गरेका हुन्। थापाका अनुसार फाल्गुनन्दले ‘सत्यधर्म मुचुल्का’मार्फत समाज सुधारका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। सत्य, अहिंसा, समानता र सदाचारमा आधारित उनका शिक्षाले न्यायपूर्ण तथा सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिने थापाको सन्देशमा उल्लेख छ। उनले फाल्गुनन्दका विचार र आदर्शलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका छन्। विविधताबीच एकता कायम गर्दै आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ बलियो बनाउन सकिने उनको धारणा छ। थापाले जन्मजयन्तीका अवसरमा फाल्गुनन्दप्रति श्रद्धासुमन व्यक्त गर्दै उनका शिक्षालाई व्यवहारमा उतार्नुपर्ने सन्देश दिएका हुन्। उनका शब्दमा, सत्य र सामाजिक सुधारको बाटोले सबैलाई सभ्य समाजतर्फ अघि बढ्न प्रेरित गरिरहोस्।
Sursa ↗