रमिला नेम्कुल श्रेष्ठको पहलमा बाजुरामा ‘फार्म टु फेसन’ शो

Ramila Nemkul Shrestha
बाजुरामा स्थानीय उत्पादन, संस्कृति र दिगो पर्यटनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे २०२६’ आयोजना गरिएको छ। नोभेम्बर ४ मा भएको कार्यक्रमले हिमाली क्षेत्रका उत्पादन र सीपलाई फेसनमार्फत परिचित गराउने लक्ष्य राखेको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ। फाउन्डेसनकी अध्यक्ष रमिला नेम्कुल श्रेष्ठका अनुसार शोले भेडापालन र स्थानीय ऊनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयास गरेको हो। आयोजकका भनाइमा, स्थानीय किसान र उत्पादनसँग फेसन उद्योगको सम्बन्ध बढाउनु कार्यक्रमको मुख्य पक्ष थियो। कार्यक्रमले महिला तथा लघु उद्यमशीलता, स्थानीय सीप र ग्रामीण समुदायलाई पनि प्राथमिकतामा राखेको आयोजकले जनाएको छ। फेसन प्रदर्शनसँगै जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको आवाज उठाउने र दिगो उत्पादनबारे चर्चा गर्ने उद्देश्य पनि राखिएको थियो। प्राकृतिक स्रोतको संरक्षण र स्थानीय ज्ञानको महत्त्व देखाउन खोजिएको आयोजकको भनाइ छ। साथै, बाजुरा र सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य तथा सम्पदा पर्यटनका सम्भावनालाई बाहिर चिनाउने अवसरका रूपमा पनि कार्यक्रमलाई प्रस्तुत गरिएको छ। आयोजकले ‘फार्म टु फेसन’लाई एकपटकको रनवे कार्यक्रम मात्र नभई किसान, स्थानीय सीप, उद्यम र फेसन उद्योगबीच दीर्घकालीन सम्बन्ध बनाउने पहलका रूपमा अघि सारेको छ। कार्यक्रमले स्थानीय ऊन र हिमाली उत्पादनको मूल्य तथा सम्भावनाबारे थप चासो जगाउने अपेक्षा राखिएको छ।
Sursa ↗